सेयर बजारमा करेक्सन, अन्तिम १ मिनेटमा ५ अंकको सुधार



काठमाडौं । सेयर बजारमा करेक्सन आएको छ । केही दिन यता बढेको बजारमा मंगलबार भने करेक्सन देखिएको छ ।

बजार मापन गर्ने सूचक २७.३९ अंकले घटेर परिसूचक २६६३.३२ बिन्दु कायम भएको छ । बजारमा अन्तिम एक मिनेटमा ५ अंकले सुधार आएको छ ।

३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको घटेको छ । कारोबारमा मिड सोलु हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु