होटल मेनेजमेन्ट पढेका निराकार, मासुका रोस्ट आइटम मिठो बनाउन सक्छन्



काठमाडौं । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठलाई दशैं, तिहारलगातका पर्वहरु परिवारसँग रमाइलो गरेर बिताउन मनपर्छ । उनी बाल्यकालमा दशैंमा नयाँ लुगा लगाएको, मिठो मिठो खाने कुरा खाएको, मामाघर गएको सम्झन्छन् ।

अहिले आफूभन्दा पनि छोराछोरीका लागि रमाइलो गरदिउँ भन्ने उनलाई लाग्छ । व्यापारका सिलसिलामा फरक फरक ठाउँमा भएको परिवार दशैंमा एकै ठाउँमा हुने अवसर मिल्छ ।  केहि समयका लागि एकै ठाउँमा सबै परिवारको भेट हुँदा उनलाई रमाइलो लाग्छ ।

हरेक वर्षमा विदेशमा घुमघाम गर्नेभन्दा पनि पोखराको मुल घरमा जम्मा भएर दशैं मनाउने तयारीमा श्रेष्ठ छन् । परम्परागत रुपमा दशैं मनाउने उनको योजना छ ।

निराकार श्रेष्ठले होटल मेनेजमेन्टका विद्यार्थी हुन् । उनले युरोपका विभिन्न होटलमा ट्रेनिङ समेत लिएका छन् । उनी रोस्टेड मासुका आइटमहरु मिठो पकाउन सक्ने बताउँछन् । उनलाई मनपर्ने खाना यहीँ नै हो भन्ने छैन । विदेश घुम्न गएको बेला दुई/तीन दिनमै घरको दाल, भातको याद आउने उनी बताउँछन् ।

प्रस्तुत छ, उनै श्रेष्ठसँग क्लिकमान्डुका दिनेश खड्काले खाना र दशैं सम्झनाका बारेमा गरेको कुराकानीः


दिनेश खड्का