टिकटमा रकम एडिट गरि बढी बनाएको भन्दै बुध्द एयरको आपत्ति



फाइल तस्बिर

काठमाडौं । बुध्द एयरलाइन्सले हवाई टिकटको रकम बढी असुलेको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हवाई टिकटमा अंकित रकमलाई ‘डिजिटल्ली’ एडिट गरेर बढी बनाई रकम असुलेको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको बुध्दले जनाएको हो ।

यात्रुले टिकटको वास्तविक मूल्य बुझ्न बुध्द एयरको वेवसाइटबाट चेक जाँच गर्न सकिने कम्पनीले जनाएको छ ।

‘हवाई टिकटमा अंकित रकमलाई ‘डिजिटल्ली’ एडिट गरेर बढी बनाई रकम असुलेको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यात्रु महानुभावहरूले टिकटको वास्तविक मूल्य बुझ्न बुध्द एयरको वेवसाइटको टिकटस्टाटसबाट सजिलै चेकजाँच गर्न सक्नु हुनेछ,’ बुध्दले भनेको छ ।


क्लिकमान्डु