सेयर बजारमा उछाल, ६ अर्ब बढीको कारोबार




काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बजार मापन गर्ने सूचक ५६.०९ अंकले बढेर परिसूचक २६५३.५८ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म कायमै रह्यो ।

३०८ कम्पनीको १ करोड ५० ४६ हजार ७१० कित्ता सेयर ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा २१९ कम्पनीको सेयर बढेको छ भने २३ कम्पनीको घटेको छ ।

कारोबार न्यादी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा वन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु