अरू पुरूषले पकाएको देखेर मेरो श्रीमतिले पनि पकाउन दबाब दिन्छिन्, तर सक्दिनँः रमेश हमाल (भिडियो)



काठमाडौं । रमेश हमाल धुलिखेलस्थित दुसित थानी रिसोर्टका सञ्चालक हुन् । हमालले नेपाल धितोपत्र बोर्डको अध्यक्षका रूपमा पनि काम गरिसकेका छन् ।

२० वर्ष थाइल्यान्डमा रहेर विभिन्न मल्टिनेसल कम्पनीमा काम गरिसकेका हमाल धनगढीमा जन्मेहुर्केका हुन् । हमाललाई दशैं भन्नेवित्तिकै सेलरोटी, मासु, अरु मिठो खाना र दक्षिणाकै लागि टीका लगाउन टाढाटाढा जाने गरेको याद आउँछ ।

उनी भन्छन्, ‘जसले बढी दक्षिणा दिनुहुन्छ, उहाँकैमा जाने ध्यान हुन्थ्यो ।’ नेपाली तरिकाले खसीको परिकार बनाउँदा आउने बास्ना उनी रेसिस्ट गर्नै सक्दिनन् ।

तर, थाइल्यान्डको बसाइले उनको खाना तरिका फेरिएको छ । उनी थाइ तरिकाले खान्छन् अर्थात् अर्थात् थोरै थोरै खान्छन् । एकैपल्ट धेरै खाँदैनन् । उनी भन्छन्, ‘नेपाली खानापछि मलाई थाइ खाना मन पर्छ । थाइ खाना जस्तो उत्कृष्ट खाना संसारमै छैन ।’

मिठो खान रूचाउने हमाल विरलै खाना पकाउन किचेनमा जान्छन् । पाहुनालाई के पकाएर खुवाउनुहन्छ ? भन्छन् भन्ने प्रश्नमा हमालको जवाफ छ, ‘नेपाली स्टाइलको मटन करी ।’

रमेश हमाल फुटबल भनेपछि हुरूक्कै हुन्छन् र रातभर नसुती हेर्छन् पनि ।

अरू पुरूषले खाना पकाएको देखेर हमालको श्रिमतीले पनि पकाउन अनुरोध गर्छिन् । श्रीमतीको अनुरोध सम्झिँदै उनी भन्छन्, ‘तर सक्दिनँ ।’

प्रस्तुत छ, उनै हमालसँग खाना, दक्षिणा र दशैं सम्झनाको विषयमा क्लिकमान्डुका लागि रोविन पौडेलले गरेको संवादः


रोविन पौडेल