योजना आयोगका उपाध्यक्ष डा‍‍. अधिकारीलाई डेंगु, सेबोनमा अध्यक्ष नियुक्ती प्रकृया रोकियो



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी अस्वस्थ बनेपछि बनेपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रकृया रोकिएको छ ।

डेंगु लागेर डा अधिकारी अस्पताल भर्ना भएका छन् । अब दशैं अघि यो प्रकृया अघि बढ्ने सम्भावना न्यून देखिएको छ ।
बोर्डको अध्यक्ष नियुक्तीका लागि ५ जनामा छनोट भएकामध्ये तीन जनालाई अन्तवार्ताका लागि आज बोलाइएको थियो । आयोजका उपाध्यक्ष डा. अधिकारी अस्वस्थ भएपछि रोकिएको हो ।

आज बिहान ८ बजे अन्तवार्ता तथा प्रस्तुतीका लागि बोलाइएको थियो । जसमा अध्यक्षका लागि ५ जनाका लागि छनोट भएका मध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले अन्तवार्ता तथा प्रस्तुती दिएका छन् ।

बाँकी रहेका डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरन्जिवी चापागाईलाई बोलाइएको थियो । आज चापागाई पनि अनुपस्थित भएको बताइएको छ ।


क्लिकमान्डु