भद्रपुरबाट काठमाडौं आउँदा बुध्द एयर रित्तै, एकतर्फी मात्रै यात्रु



काठमाडौं । झापाको भद्रपुरबाट बुध्द एयरको जहाज रित्तै काठमाडौं फर्किएको छ । बुध्दले काठमाडौंबाट भद्रपुरका लागि गरेको विहीबारको २ वटा उडानमा ७२ सिट क्षमताको एउटा जहाज रित्तै फर्कियो भने अर्को जहाजले भने जम्मा १० जना यात्रु लिएर काठमाडौं आएको छ ।

बुध्द एयरले भद्रपुरबाट काठमाडौं फर्कदा जम्मा ५ हजारमै टिकट उपलब्ध गराएको भए पनि एक जना पनि यात्रु नभएको बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले जानकारी दिए ।

दशैं सुरु भएसँगै काठमाडौंबाट जाने यात्रुको मात्रै चाप भएको र फर्कदा जहाज रित्तै फर्कनुपरेको छ । एकततर्फ मात्रै यात्रु हुँदा वायुसेवा कम्पनीले सस्तो भाडादर उपलब्ध नगराउँदा वायुसेवाले महंगो टिकेट लिएको गुनासो मात्रै आउने गरेको छ ।

जहाज रित्तै हुँदा र एकतर्फी यात्रुको लागि तुलनात्मक रुपमा दुइतर्फी यात्रु हुने समयको तुलनामा टिकट महंगो हुने पनि सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।

जहाज रित्तै आउनुपरे पनि उक्त गन्तव्यमा उडान भने नियमित भइरहेको बुध्द एयरको भनाइ छ ।

गत शुक्रबार र शनिबारको भारी वर्षासँगैको बाढी पहिरोका कारण सडक सञ्जालमा निकै क्षति पुर्‍याएको छ । यसमा पूर्वी नेपाल जोड्ने विपी राजमार्ग नराम्रोसँग प्रभावित भएको छ । विभिन्न निकाय, एजेन्सी तथा समाचारहरुलाई स्रोत मान्दै आजदेखि बुध्द एयरले पूर्वको झापा भद्रपुरमा दुई उडान थपेको छ । यसले यात्रुहरुलाई सजिलै टिकट बुकिङ गर्न सजिलो तथा आउजाउमा थप सहजता हुने बुध्द एयरको विश्वास छ । भद्रपुरदेखि काठमाडौं उडानको भाडादर ५ हजार रुपैयाँ रहेको छ । तथापि बुध्द एयरको भद्रपुर–काठमाडौं दुई उडान मध्ये १ उडान खाली तथा अर्को उडानमा जम्माजम्मी १० जना यात्रुसमेत लिएर आएको जानकारी दिएको छ ।
यी सबका बाबजुद बुध्द एयरले यस भद्रपुर तथा जनकपुर गन्तव्यमा बिहानको उडान थप गरेको पनि जानकारी दिएको छ।

गत वर्षको जाडो मौसममा भद्रपुरमा खासै हुस्सु कुहिरो नलागेको तथ्य रहेको छ । जनकपुरको हुस्सु कुहिरो पनि चाँडै हट्ने हुँदा यी दुई स्थानमा उडान थपिएको बुध्द एयरले जनाएको छ ।


क्लिकमान्डु