अन्तिम २ मिनेटमा १० अंकले बढ्दा पनि सेयर बजारमा देखिएन उत्साह
काठमाडौं । सेयर बजारमा अन्तिम २ मिनेटमा १० अंकको सुधार आउँदा पनि समग्र बजारमा भने सुधार देखिएन ।
बजार मापन गर्ने सूचक २६.०७ अंकले घटेर परिसूचक २५९७.४९ बिन्दु कायम भएको छ । बजारमा राताम्मे भएपनि अन्तिम २ मिनेटमा बजार १० अंकले बढेको छ । ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा वित्त समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । वित्त समूहको ५४.४६ अंकले बढेको छ भने बैंकिङ समूहको १०.७३, विकास बैंक ७२.३३, होटल ११६.९९, जलविद्युत ५५.२२, जीवन बिमा ५२.६५, उत्पादन तथा प्रशोधन १२८.४९, माइक्रोफाइनान्स ५५.१०, निर्जीबन बिमा २३८.१७, ट्रेडिङ समूहको उपसूचक ४२.४५ अंकले घटेको छ ।
कारोबारमा थ्रि स्टार हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट तहमा बढेको छ ।