३२ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ८४ करोड



काठमाडौं । साताको अन्तिम दिन सेयर बजारको मापक सूचक नेप्से ३२.८१ अंकले घटेको छ । बिहीबार नेप्से सूचक १.३० अंकले घटेर २४ सय ८७.७६ विन्दुमा आइपुगेको छ । बजेर घटेसँगै कारोबार रकम ४ अर्ब ८४ करोड भएको छ ।

बिहीबारको कारोबारमा ३९ कम्पनीको शेयर मूल्य बढेको भए पनि २०१ कम्पनीको शेयर मूल्य भने घटेको छ ।

बजार घटेको दिन विन नेपाल लघुवित्त, बोटलर्स नेपाल, एसबीएल डिबेच्चर, मैलुङ हाइड्रोपावरसहितका कम्पनीको शेयर मूल्य बढेको छ भने विहीबारको कारोबारबाट धेरै गुमाउनेमा ग्रिन भेन्चर, दोर्दी खोला जलविद्युत्, अपि पावर, थ्री स्टार हाइड्रोपावरसहितका कम्पनी छन् ।

बजार घटेका दिन बिहीबार गुमाउनेमा सबैभन्दा बढी होटल तथा पर्यटन समूह, बैंकिङ समूह, विकास बैंक, हाइड्रोपावरसहितका क्षेत्र रहेका छन् ।

बिहीबारको सेयर बजारमा ३२२ वटा कम्पनीको ६५ हजार २५८ पटकमा १ करोड ३६ लाख कित्ता सेयरको कारोवार भएको छ । यसबाट ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु