अनलाइनमार्फत बुक गर्ने ६ सय जनाले धरहरा चढ्न पाउने



काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहरा आंशिक रुपमा मात्र सञ्चालन गर्न लागिएको बताएका छन् ।

बुधबार धरहरा अवलोकनका लागि पुगेका उपप्रधानमन्त्री सिंहले पत्रकारसँगको कुराकानीमा भने, ‘अहिले चाहिँ अन्तरिम कालका लागि मात्र हो, पब्लिकमा धरहरा बनेको यत्तिका समय भइसक्यो, चढ्न त पाऔं भन्ने त इच्छा छ नि त ।’

त्यसैले हाल अनलाइनमार्फत बुक गर्ने ५०० वा ६०० जनाले मात्र धरहरा चढ्न पाउने उपप्रधानमन्त्री सिंहले बताए ।

भोलिबाट सर्वसाधारणका लागि धरहरा खुला गर्न लागिएको हो । केही समयका लागि धरहरा नि:शुल्क चढ्न पाइने छ ।


क्लिकमान्डु