पाँचथरमा दुई बालबालिकको निधन बम बिस्फोटबाट भयो भन्न मिल्छ कि मिल्दैन: ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा विस्फोटबाट मृत्यु भएका बालबालिकाको विषयमा प्रश्न गरेका छन् ।

उनीहरुको मृत्य बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने भन्दै उनले प्रश्न गरे ।

राष्ट्रसंघीय महासभामा सहभागी हुनुअघि सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादीमाथि यस्तो प्रश्न गरे ।

‘पाँचथरमा दुई बालबालिकको निधन भयो । बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने ?,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले निधन भयो मात्र भनौँ अरु पछि भनौँला । बम विस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो ?’


क्लिकमान्डु