धोबी खोलाले बगाएको ट्याक्सी थापाथलीनजिक भेटियो



काठमाडौं । आइतबार राति मदन भण्डारी कलेज अगाडि पुल नजिकबाट खसेको ट्याक्सी सोमबार थापाथलीस्थित यूएन पार्कनजिक भेटिएको छ ।

बा. २. ज. १७९२ नम्बरको ट्याक्सी आइतबार राति रुद्रमती करिडोरबाट धोबीखोलामा खसेको थियो । ट्याक्सीसँग बगेका चालकको भने त्यतिबेलै सकुशल उद्धार गरिएको थियो । उनलाई भाटभटेनी नजिकबाट उद्धार गरिएको थियो भने ट्याक्सी बगेको थियो ।

बागमतीमा डुबिरहेको अवस्थामा रहेको ट्याक्सी निकाल्न सोमबार सशस्त्र प्रहरी बलले प्रयत्न गरिरहेको छ ।

ट्याक्सी निकाल्नका लागि सशस्त्र प्रहरीका २ गोताखोरसहित ११ जनाको टोली खटिएको छ ।


क्लिकमान्डु