प्रश्न उठेलगत्तै मैले राजीनामा दिएको थिएँ, तपाईं पनि दिनुहोस्: गोकुल बाँस्कोटा



काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बाँस्कोटाले पारदर्शिताका निम्ति मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरेका हुन् ।

बाँस्कोछाले प्रश्न उठाउँदैमा चीरहरण नहुने बताए ।

बाँस्कोटाले आफूमाथि पनि आरोप लागेको र लागे लगत्तै राजीनामा दिएको बताए ।

‘पटकपटक प्रश्न उठिसक्यो । कयौं दृष्टान्त पनि छन् । एउटा प्रश्न उठिसकेपछि मैले पदबाट राजीनामा दिएको थिएँ, ममाथि छानबिन गरियोस् । दोषी भए प्रमाणित गरियोस् । यति आँट राजनीतिक मान्छेसँग हुनुपर्छ,’ बाँस्कोटाले भने ।

उनले सांसदहरूबारेमा प्रश्न उठे के गर्ने भन्ने कानुन बनाउनुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु