सुस्ताउँदै सेयर बजार, १० अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा सुस्त गति देखिन थालेको छ । बजार मापन गर्ने सूचकसँगै कारोबार रकम पनि घट्न थालेको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार २५.४६ अंकले घट्दा परिसूचक २७०१.९० बिन्दु कायम भएको छ ।
३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ । बाँकी समूहको उपसूचक राताम्मे बनेका छन् । यो दिन ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ ।

कारोबारमा तीन कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । यस्तै थ्री स्टार हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ४२ करोड १९ लाख २५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेको छ र ग्रिनलाइफ हाईड्रोपावर रहेको छ ।


क्लिकमान्डु