आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक: महासंघ



काठमाडौं । नेपाल उद्योग महासंघले सरकारले गठन गर्ने भनेको उच्चस्तरिय आर्थिक सुधार आयोग गठन बिषयको स्वागत गरेको छ ।

अर्थमन्त्रालयले सय दिनको कार्यक्रमअन्तर्गत उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरि सार्वजनिक गरेको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो ।

अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सिमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक बिकास हासिल गर्नु पर्ने भन्दै महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राख्दै आएको थियो ।

‘महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु,’ महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले भने ।

अर्थमन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेको भन्दै महासंघले अर्थमन्त्री तथा उप प्रधानमन्त्री बिष्णु पौडेलप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।


क्लिकमान्डु