विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवमा प्रधानमन्त्री अनुपस्थित



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ३९ औ वार्षिक उत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलि अनुपस्थित भएका छन ।

प्राधिकरण आज विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउँदैछ । उनी आउने पक्का भएपछि सोही अनुसारको बस्ने व्यवस्था मिलाइएको थियो । उनी नआउने भयपछि प्रधानमन्त्रीका लागि राखिएको सोफा हटाइएको थियो । प्राधिकरण उच्च स्रोतका अनुसार बिहानसम्म आउने जानकारी थियो ।

उद्योगी र प्राधिकरणबीच ट्रंक र डेडिकेटेड लाइनको विवाद चलिरहेको छ । प्रधानमन्त्री ओलिले कुलमान र प्राधिकरण विरुद्ध संसदमा नै आक्रामक अभिव्यक्ति दिएका थिए ।

उनले कुलमानसँग बक्यौंता रकमको बिषयमा कुनै प्रमाण नभएको बताएका थिए । यस अघि ओलि प्रधानमन्त्री हुँदा घिसिङलाई स्पष्टीकरण समेत सोधेका थिए ।


क्लिकमान्डु