रामबहादुर बम्जन बालयौन दुराचार मुद्दामा दोषी ठहर



सर्लाही । रामबहादुर बम्जन जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् । सोमबार सर्लाही जिल्ला अदालतले ‘लिटिल बुद्ध’ भनिने बम्जनलाई दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि १७ गतेको पेसी तोकेको छ ।

बम्जनविरुद्ध आफ्ना अनुयायीहरुलाई बेपत्ता बनाएको तथा बाल यौन दुरुचारको आरोप थियो । बाल यौन दुराचारको अभियोगमा सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरे पनि बम्जन लामो समयसम्म फरार थिए ।

बाराको निजगढ नगरपालिका वडा नम्बर १२ का स्थायी बासिन्दा बम्जनको आश्रमबाट अनुयायीहरु बेपत्ता पारेका विभिन्न उजुरी प्रहरीमा परेको थियो ।

बम्जनलाई प्रहरीले पुस २४ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।


क्लिकमान्डु