संसदीय छानबिन समिति आज बन्ने, ३ बजेभित्र नाम उपलब्ध गराउने कांग्रेसको निर्णय



काठमाडौं । सहकारी ठगी प्रकरणबारे छानबिन गर्न आज संसदीय समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको आज अपराह्न ४ बजे बस्ने बैठकबाट संसदीय छानबिन समिति गठन गरिने भएको हो ।

मंगलबार बिहान बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल बैठकले संसदको बैठकबाट समिति गठन हुने जानकारी दिए । समितिमा रहने सांसदहरुको नाम दिउँसो ३ बजेभित्र उपलब्ध गराउने उनको भनाइ छ ।

‘४ बजे समितिले वैधानिकता प्राप्त गर्छ । हामी ३ बजेभित्र समितिमा बस्ने हाम्रो तर्फबाट नाम उपलब्ध गराउँछौँ,’ लेखकले भने ।

समितिको कार्यादेशका विषयमा सहमति भइसकेको उनको भनाइ छ ।

हिजो बसेको शीर्ष दलका नेताहरुबीच ७ सदस्यीय संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । कांग्रेस र एमालेका २-२ तथा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाट एक-एक जना सदस्य रहने गरी संसदीय समिति बनाउने तयारी छ । समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी छ ।

दलहरुबीच व्यक्तिको नाम किटान नगर्ने गरि समिति गठन गर्ने सहमति जुटेको छ । संसदीय समितिको कार्यादेशमा पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम लगायत रवि लामिछाने जोडिएका सहकारीसँगै गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गरिने बताइएको छ ।


क्लिकमान्डु