कृषिमा बिचौलियाको प्रभाव छ: कृषि मन्त्री



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले आफुले चाहेर कृषि क्षेत्रमा प्रतिफल दिन नसकेको गुनासो गरेकी छन् । नेपालको कृषि क्षेत्रमा बिचौलियाहरुको संगठित प्रभाव रहेकाले आफुले चाहेर पनि प्रतिफल दिन नसकेको उनको भनाइ छ ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले बिचौलियाको कारण नतिजा दिन नसकिएको जानकारी दिइन् ।

‘सम्पूर्ण शक्ति र क्षमता लगाएर काम गर्ने प्रयासमा छु, तर चाहेअनुसारको प्रतिफल आउन सकेको छैन,’ मन्त्रालयका कर्मचारीबाट सहयोग नपाएको गुनासो गर्दै मन्त्री साहले भनिन्, ‘मन्त्रालयमा समेत दलगत गुट, आन्तरिक द्वन्द्व, कर्मचारीहरुको आ आफ्नो व्यक्तिगत स्वार्थ र बिचौलियाको प्रभाव रहेको भेटेको छु । ’

मन्त्री साहले गाउँको जमिन बाँझो राख्ने र अरुलाई खेती गर्न नदिने जग्गाधनीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औल्याइन् ।


क्लिकमान्डु