रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने रास्वपाको तयारी



काठमाडौं । कांग्रेससँगको गठबन्धन भत्किएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन दललाई सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् ।

उक्त मन्त्रिमण्डलमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सहभागी हुने छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको छ ।

पहिलो चरणमा एमाले, माओवादी र रास्वपाबाट एक–एक जना मन्त्री बनाउने तयारी प्रधानमन्त्रीको छ ।

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षामान पुन मन्त्री बन्ने स्रोतको दाबी छ । रास्वपा सभापति लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ ।

रास्वपाले सरकारमा सहभागी हुने निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दिएको छ ।


क्लिकमान्डु