भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्यो अमेरिका, व्यापार भने ११ प्रतिशतले घट्यो
एजेन्सी । अमेरिका आर्थिक वर्ष २०२४ को पहिलो ६ महिनामा भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । आर्थिक वर्ष २०२४ को पहिलो ६ महिनामा दुई देशबीचको व्यापार ५९.६७ अर्ब अमेरिकी डलर पुगेको छ ।
वैश्विक रुपमा बढ्दै गएको आर्थिक अनिश्चितताका बीच पनि भारत र अमेरिकाको व्यापार बढेको हो । आयात र निर्यात दुवैमा भारत र अमेरिकाले यो वर्ष ठूलो कारोबार गरेका छन् । २०२३/२०२४ को पहिलो ६ महिनामा अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बन्न सफल भएको छ ।
भारतको वित्त मन्त्रालयकाअनुसार अप्रिल सेप्टेम्बर २०२३ मा भारत र अमेरिकाबीचको द्विपक्षीय व्यापार ११.३ प्रतिशतले घटेर ५९.६७ अर्ब अमेरिकी डलर भएको हो । गत आर्थिक वर्षको समान अवधिमा भने यो ६७.२८ अर्ब अमेरिकी डलर थियो । व्यापारमा कमि आएतापनि भारत र अमेरिका सबैभन्दा धेरै आयात निर्यात हुने व्यापारिक साझेदार बनेको भारतको वित्त मन्त्रालयले जनाएको छ ।