भारतले हटायो नेपालसहित ७ देशमाथिको चामल निर्यात प्रतिबन्ध



काठमाडौं । भारतले नेपालसहित विश्वका ७ देशमाथि चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य विभागले सूचना जारी गरी चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको जनाएको हो ।

भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

भारतको खाद्य मन्त्रालयले चाडपर्वको समयमा आपूर्ति सहज बनाउन तथा मूल्यवृद्धि हुन नदिन चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


क्लिकमान्डु