ललिता निवास जग्गा प्रकरण: चार पूर्वमन्त्रीसहित २९० जनाविरूद्ध मुद्दा दायर



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा चार पूर्व मन्त्रीसहित २९० जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा पुर्‍याइएको अभियोगमा २९० प्रतिवादीविरुद्ध कीर्तेमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो ।

किर्तेमा सहभागी सर्वसाधारणलाई १ वर्ष कैद र मन्त्री, सचिवलगायत सरकारी कर्मचारीलाई थप दुई वर्ष सजाय तथा १८ अर्ब बढी बिगो भराउन माग गरिएको छ।

मुद्दा चलाइएका मन्त्रीहरूमा पूर्वउपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमि सुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह छन् । तत्कालीन सरकारको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई भने सीआईबीले प्रतिवेदनमा साक्षीको रुपमा पेस गरेको थियो ।


क्लिकमान्डु