एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ, पक्राउ पर्नेको संख्या १६ पुग्यो



काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका थप जना पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी र ३ भन्सार एजेन्टलाई पक्राउ गरेको हो ।

यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ । आज भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्स-रे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेको विभागले जनाएको छ ।

आज पक्राउ परेका भन्सार एजेन्टहरुमा यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा छन् । विभागले उनीहरुलाई सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

विभागले यसअघि नै सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको छ ।

गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत स्कुटरको ब्रेक सु मा लुकाएर १०० किलो सुन काठमाडौं ल्याइएको थियो । भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले राति बरामद गरेको थियो ।


क्लिकमान्डु