चुनाव नलड्ने कांग्रेस महामन्त्री विश्वप्रकाशको घोषणा

2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी चुनाव नलड्ने घोषणा गरेका छन् ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

झापा–१ बाट सर्वसम्मत रुपमा पार्टीमा सिफारिस भएका उनले उम्मेदवार बन्ने पार्टीका साथीलाई दाबी गरेर अगाडि आउन भनेको उल्लेख गरे ।

उनले तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नहुने उनको भनाइ छ । आगामी निर्वाचनमा देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्ने उनको भनाइ छ ।