५ सय करोड भारुमा बनेको प्रभासको आदिपुरुषले कस्तो गर्ला व्यापार, नेपालबाट घाटा ?
एजेन्सी । प्रभास र कृति सेननको ‘आदिपुरुष’ आजबाट रिलिज भएको छ ।
भारतसहित विभिन्न देशको फिल्म रिलिज भएको हो । नेपालमा पनि यो फिल्म आजबाट रिलिज हुने तालिका थियो । तर फिल्ममा सीता भारतीय पुत्री भएको संवाद रहेकाले त्यसलाई नहटाइ काठमाडौं महानगरमा कुनै पनि भारतीय फिल्म चल्न नदिने चेतावनी महानगर प्रमुख बालेनले दिएसँगै फिल्म नेपाली हलहरुमा आज विहानको शो चल्न सकेका छैनन् ।
प्रभासको यो फिल्म बहुप्रतिक्षीत फिल्म हो ।
रामायणमा आधारित यो फिल्ममा राम र जानकीको प्रेमका साथसाथ वनबास लगायका विषयका साथ रावणसँगको युद्ध पनि देखाइएको छ ।
निर्देशक ओम राउतले यो फिल्ममा दमदार भीएफएक्सको प्रयोग गरेका छन् । यो फिल्मको निर्माणमा ५ सय करोड रुपैयाँ लागेको जनाइएको छ ।
आदीपुरुषले रिलिजभन्दा पहिला ६ करोड कमाइ गरिसकेको थियो । पहिलो दिननै फिल्मले १० करोडको आकडा पार गर्ने अनुमान गरिएको छ ।
भारतमा भन्दा पहिला अमेरिकामा फिल्म रिलिज भएको छ ।