नेपालको अर्थतन्त्र विस्तारमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण: उद्योगमन्त्री



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रसँगको सहकार्य र सल्लाह गरेर सरकार अघि बढ्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री रिजालले नेपालमा निजी क्षेत्रको भूमिका प्रधान गरेको पनि बताए ।

नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

अध्ययन प्रतिवेदनमा नेपाल कुल रोजगारीमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८५ प्रतिशत रहेको उल्लेख छ ।


क्लिकमान्डु