एफएनसीसीआई चुनावः जिल्ला/नगरमा अन्जन र संघईबीच ८ मतको अन्तर, उमेशले पाए २८ मत



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदका लागि जिल्ला/नगरतर्फको गणना सकिँदा अन्जन श्रेष्ठले सबैभन्दा बढी मत ल्याएका छन् ।


जिल्ला/नगरमा अन्जनले ४७ रामचन्द्रले ३९ र उमेशले २८ मत पाएका हुन् ।

जिल्ला/नगरतर्फ ११७ मत खसेको छ ।

एसोसिएटतर्फको कुल मतगणना हुँदा रामचन्द्र संघईले ६१३ मत ल्याएका छन् । त्यस्तै, अन्जन श्रेष्ठले ५७३ मत प्राप्त गरेका छन् भने उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरेका छन् ।

एसोसिएटतर्फ वरिष्ठ उपाध्यक्ष पदका लागि १६३० मत खसेको थियो । जसमध्ये केही मत भने बदर भएको र केही मतपत्र नै खाली रहेको प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले बताए ।


क्लिकमान्डु