नेटोको रक्षा सुदृढीकरणका लागि एक वर्षमा ३७ अर्ब डलर लगानी भएको महासचिव रुट्टको भनाइ

28
Shares

एजेन्सी । पश्चिमी सैन्य गठबन्धन नेटोका प्रमुख मार्क रुट्टले सदस्य राष्ट्रहरूले रक्षा खर्च बढाउनका लागि एक वर्षमा ३७ अर्ब डलर खर्च गरेको बताएका छन् ।

टर्कीको राजधानी अंकारामा मंगलबारबाट सुरु भएको नेटो शिखर सम्मेलनमा आफ्नो मन्तव्यका क्रममा उनले अर्को वर्षसम्ममा यस गठबन्धनसँग ४० लाख तोपका गोलाहरू उत्पादन गर्ने क्षमता हुने कुरा पनि जानकारी दिए ।

नेटो प्रमुखले आफ्ना विरोधीहरूबाट आउने चुनौतीहरूको सामना गर्न गठबन्धनलाई ट्रान्सएट्लान्टिक रक्षा औद्योगिक क्रान्ति आवश्यक रहेको बताएका छन् । उनले रक्षा उद्योग पैसालाई सम्झौतामा परिणत गर्न र थप जोखिम लिन तयार हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘त्यसैले अब हामी सबै मिलेर अझ धेरै र अझ तीव्र गतिमा नतिजा प्रदान गरौं ।’