
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएका नियम र निर्देशनहरूलाई सरल बनाउने विशेष योजना अघि सारेको छ ।
गभर्नर डा. विश्वनाथ पौडेलले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा नियमन र सुपरिवेक्षण कार्यलाई थप सुदृढ र प्रभावकारी बनाउन हाल कायम रहेका निर्देशनहरूमा देखिने भाषागत जटिलता र दोहोरोपना हटाइने उल्लेख छ ।
यस प्रक्रियाको पहिलो चरणमा कर्जा प्रवाह, ब्याजदर र वित्तीय ग्राहक संरक्षणसँग सम्बन्धित निर्देशनहरूलाई पुन:लेखन गरी सरल बनाइने नीति लिइएको छ ।
यस्तै, विदेशी विनिमय सटही सुविधालाई थप सहज बनाउनका लागि विदेशी विनिमय कारोबार गर्ने संस्थाहरूलाई जारी गरिएको एकीकृत परिपत्र लाई समेत सरलीकरण गरिने भएको छ ।
यी सुधारका कदमहरूबाट बैंक तथा वित्तीय संस्थाहरूको कार्यसम्पादनमा सहजता आउने र सेवाग्राहीहरूले सरल एवं पारदर्शी सेवा पाउने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया