
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिलाई टेवा पुर्याउने उद्देश्यका साथ मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको बताएक छ ।
मंगलबार आगामी आर्थिक वर्ष २०८३/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रको वर्तमान अवस्था र भावी परिदृश्यलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले मौद्रिक नीतिका मुख्य दरहरूलाई यथावत राखेको गभर्नर डा. विश्वनाथ पौडेलले बताए ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि निजी क्षेत्रतर्फको कर्जा विस्तारको लक्ष्य ११ प्रतिशत कायम गरेको छ । त्यस्तै, विस्तृत मुद्राप्रदाय १४ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
बैंकले ब्याजदर करिडोर अन्तर्गतका दरहरूमा कुनै परिवर्तन गरेको छैन । नीतिगत दर, स्थायी निक्षेप संकलन सुविधा दर र बैंक दरलाई यथावत राखिएको छ ।
यसैगरी, अनिवार्य नगद मौ र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई पनि निरन्तरता दिएको छ । स्थायी तरलता सुविधा सम्बन्धी प्रावधानमा पनि कुनै हेरफेर गरिएको छैन ।
बजारमा विद्यमान तरलताको अवस्थालाई हेरेर राष्ट्र बैंकले ‘तरलताको प्रकृति’ अनुसारका उपकरणहरू प्रयोग गर्ने नीति लिएको गभर्नर पौडेलले बताए ।






प्रतिक्रिया