मौद्रिक नीतिमार्फत् गभर्नरले गरे नयाँ उपकरणको प्रस्ताव

322
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले केही नयाँ उपकरणको प्रस्ताव गरेका छन् ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् उनले बैंक तथा वित्तीय संस्थाको खर्च कटौतीका उपाय अघि सार्दै केही नयाँ उपायको प्रस्ताव गरेका हुन् ।

उनले शाखाहरु खोल्ने र बन्द गर्ने प्रक्रियामा लचकता दिइने बताए । यसैगरी वित्तीय सेवामा डिजिटलाइजेनसमा जान प्रोत्साहन दिने जस्ता बैंक तथा वित्तीय संस्थाहरुको खर्च कटौतीका माध्यमहरु उनले अघि सारे ।

उनले संस्थागत ऋणीहरुको व्यक्तिगत जमानी लिने व्यवस्थामा कडाइ गरी असीमित दायित्व सिर्जना हुने अभ्यास हटाउने, कालोसूचीमा सकेसम्म कम व्यक्तिहरु रहने, रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाहरुको व्यवस्थापन गर्ने र दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरण पौडेलले प्रस्ताव गरे ।