विवाद भएपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदकाे मतगणना रोकियो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको मतगणना रोकिएको छ ।

मतपत्रमा दुई वटा संकेत लगाईएको विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।

यसअघि १२ सय मतगणना भइसकेको थियो । हालसम्म मत गन्दा राम चन्द्र संघईले ४५२ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ४१७ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ३१७ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु