नेपाल उद्योग वाणिज्य महासंघको चुनावः वरिष्ठ उपाध्यक्षको ११ सय मतगणना हुँदा कसको कति मत?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको ११ सय मत गणना भएको छ ।

हालसम्म मत गन्दा राम चन्द्र संघईले ४३२ मत, उमेशलाल श्रेष्ठले ३०१ मत र अन्जन श्रेष्ठले ३५५ मत प्राप्त गरेका छन् ।

हालसम्म केही मतपत्र बदर भएका छन् भने केही खाली देखिएका छन् ।

बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल मत १६५९ खसेको थियो ।

हाल कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना भइरहेको छ ।


क्लिकमान्डु