अर्थ मन्त्रालयद्वारा १५ प्रतिशत चालू खर्च घटाउने निर्णय



काठमाडौं । अर्थ मन्त्रालयले चालू खर्च १५ प्रतिशत घटाउने निर्णय गरेको छ ।

मंगलबार अर्थसचिव तोयम रायाले गत वर्षको तुलनामा चालू खर्च १५ प्रतिशतले घटाउन तयार भएको फाइल सदर गरेका हुन् ।

अर्थ मन्त्रालयको बजेट व्यवस्थापन महाशाखाले गत वर्षभन्दा १५ प्रतिशतले चालू खर्च घटाउने गरि प्रस्ताव गरेको थियो ।

सरकारले बजेटमार्फत चालू प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने घोषणा गरेको थियो ।

उक्त घोषणा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले १५ प्रतिशत प्रशासनिक र चालू प्रकृतिका खर्च कटौति गर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु