चालू पुँजी कर्जा सम्बन्धी नीतिमा संशोधनपछि महासंघले बोलायो आकस्मिक बैठक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिक बैठक बोलाएको छ ।

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेलगत्तै महासंघले आकस्मि बैठक बोलाएको हो ।

अहिले बैठक बसिरहेको महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । राष्ट्र बैंकले गरेको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनका विषयमा बैठक पछि धारणा सार्वजनिक गर्ने उनले बताए ।

‘राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेपछि हामीले बैठक बोलाएका छौ, अहिले मेरो कुनै टिप्पणी छैन’ उनले भने ‘महासंघको आकस्मिक बैठक बसिरहेको छ । बैठक पछि हामी महासंघको धारणा सार्वजनिक गर्ने र्छौ ।’


क्लिकमान्डु