चालू पुँजी कर्जा ७ दिन शून्य बक्यौता राख्नु पर्ने व्यवस्था संशोधन भएन



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरे पनि चालू पुँजी कर्जा सात दिन चुक्ता गर्नुपर्ने व्यवस्थालाई यथावतै राखेको छ ।

संशोधित मार्गदर्शनमा पनि राष्ट्र बैंकले नवीकरण हुने प्रकृतिका चालू पुँजी कर्जा खाता आर्थिक वर्षको कुनै पनि समयमा उद्योग वा व्यावसायको प्रकृतिअनुसार कम्तिमा लगातार ७ दिन शून्य बक्यौता कायम गर्नुपर्ने व्यवस्थालाई यथावतै राखेको हो ।

संशोधित मार्गदर्शन पनि यसअघि कै व्यवस्थालाई नै निरन्तरता दिँदै पहिलो वर्षमा ऋणिले लगातार ७ दिन कुल कर्जा सिमाको ३० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, दोस्रो वर्षको लागि ऋणिले लगातार ७ दिन कुल कर्जा सीमाको २० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्ने र तेस्रो वर्षको लागि ऋणिले लगातार ७ दिन कुल कर्जा सीमाको १० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।


क्लिकमान्डु