सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठिक ठाउँमा आउँछ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताएका छन्।

बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका हुन् ।

उनले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताए ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा एउटा इँट्टा थप्दै जानुपर्ने आवश्यता रहेको उनको भनाइ थियो ।

मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर नभए पनि समस्या भने रहेको अर्थमन्त्री पौडेलले बताए ।

‘मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर गएको भन्ने होइन । तर अर्थतन्त्रमा समस्याहरु छन् । यदी मिस ह्यण्डिल गर्‍यो भने अर्थतन्त्र अफ्ठ्यारोमा पर्नसक्छ । सावधानिपूर्वक हिँड्यौं भने र ठिक ढङ्गले कदम चाल्दै गयौं भने अर्थतन्त्र ठिक ढंगमा आउनसक्ने देखिएको छ । अर्थ मन्त्रालय भित्र र बाहिर बसेर हेर्दा फरक पर्ने रहेछ’, उनले भने, ‘ अहिले सबैको साझा सरोकार अर्थतन्त्रको आर्थिक क्षेत्रमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबल अर्थतन्त्र निर्माणका लागि एउटा एउटा इट्टा थप्दै जाने त्यो क्षणमा हामी छौं ।’


क्लिकमान्डु