यो वर्ष ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुन्छः जनार्दन शर्मा



काठमाडौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले ६ प्रतिशतको आर्थिक वृद्धि हुने दाबी गरेका छन् ।

अर्थ मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा मन्त्री शर्माले ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने दाबी गरेका हुन् ।

शर्माले १७ महिना मन्त्रालयमा काम गर्दा अर्थतन्त्र सखाप हुन्छ भन्ने अपवाहलाई चिर्न र अर्थतन्त्रको रक्षा गर्न सफल भएका दाबी गरे ।

आयात प्रतिबन्ध, मार्जिन लगाएतका नीतिले लक्ष्य अनुसार राजस्व हुन नसकेको शर्माको भनाइ छ।

बित्त र मौद्रिक नीतिको सन्तुलन कायम गर्न प्रयास हामीले गरेका थियौं, शर्माले भने, अहिले बजारमा मन्दी छ । बजार चलायमान बनाउन कर्जा लगानी बढाउनु पर्नेछ।

शर्माले अर्थतन्त्र सुधार भइरहेको दाबी गरे।

ञ रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढेको छ। विदेशी मुद्राको संचिती ९ अर्ब ६६ करोड डलर पुगेको छ, शर्माले भने अर्थतन्त्रका कयौं सुचक सकारात्मक बनेका छन् ।

शर्माले डिल्लीराज खनालको आयोगले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेर चालू खर्च घटाउने बाटोमा जानू पर्ने बताए ।


क्लिकमान्डु