हिरो बाइक किन्नेलाई लोमाङ्गथान भ्रमण गर्ने अवसर



काठमाडौं । नेपालको लागि हिरो मोटर साईकलको आधिकारिक बिक्रेता नेपाल जनरल माकेटिङ्ग प्रालिले आन्तरिक पर्यटन प्रवद्र्घनको साथै हिरो एक्स प्लस २०० मोटर साइकल खरिद गरेका ग्राहकहरुलाई अति सुन्दर मनमोहक लोमाङ्गथान भ्रमण गराउने भएका छन् ।

यही कार्तिक १६ गतेबाट करिब ३० जनाभन्दा बढी एक्सप्लस २०० चढ्ने ग्राहकहरुलाई सहभागिता गराउंदै यात्रा शुरु हुनेछ । सो यात्रा काठमाण्डौ-पोखरा-लेटे-जोमसोम-मुक्तिनाथ-लोमाङ्गथान हुदै करिब ९०० किमिको हुनेछ ।

नेपाल जनरल माकेटिङ्गको अध्यक्ष अभिक ज्योतिले टेकु, बुधबारीमा रहेको हिरोको शोरुमा कार्तिक १६गते ल्फाग अफ गरेर यात्राको शुभारम्भ गरे ।


क्लिकमान्डु