बेलायती महाराज चार्ल्स तृतीयसँग कति छ सम्पत्ति ?



एजेन्सी । लामो समय बेलायतमा शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको निधनसँग ७३ वर्षीय पूर्व प्रिन्स अफ वेल्स(चार्ल्स) बेलायतका नयाँ राजा बनेका छन् । राजा बनेपछि उनले आफ्नी आमाको पदचिह्नमा अघि बढ्ने संकल्प गरेका थिए ।

चार्ल्स राज बनेसँगै उनको सम्पत्तिलाई लिएर विभिन्न रिपोर्टहरु सार्वजनिक भएका छन् ।

फोर्ब्सकाअनुसार चार्ल्सले २५ बिलियन (करिब ३३ खर्ब नेपाली रुपैयाँ) बराबरको सम्पत्ति विरासतमा प्राप्त गरेका छन् । महाराज बन्नु अघि प्रिन्स अफ वेल्स रहेका उनको अन्य सम्पत्तिहरुसमेत रहेको थियो ।

जब उनले सेप्टेम्बरमा सिंहासन ग्रहण गरेका थिए त्यतिबेला उनले ४२ बिलियन डलरको साम्राज्य प्राप्त गरेका थिए । यसको अधिकांश भाग अचल सम्पत्ति थियो ।

जब उनले सेप्टेम्बरमा सिंहासन ग्रहण गरेका थिए त्यतिबेला उनले ४२ बिलयन डलरको साम्राज्य प्राप्त गरेका थिए । यसको अधिकांश भाग अचल सम्पत्ति थियो ।

फोर्ब्सले राजाको नयाँ सम्पत्ति पत्ता लगाउन सम्पत्ति रेकर्ड, वार्षिक रिपोर्ट, ऑडिट, अभिलेख तथा अन्य दस्तावेजहरु अध्ययन गरेको जनाएको छ ।

नयाँ बेलायती राजाले सात दरबार, १० महल, १२ घर, ५६ वटा कुटीर र १४ वटा पुरातन भग्नावशेषहरूमाथि प्रभुत्व जमाएका छन् जहाँ उसले आफ्नो मुकुट झुण्ड्याउन सक्छन् ।

उनको नियन्त्रण बकिंघम प्यालेसमा रहेको छ । जो दरबारको आधिकारिक मुख्यालयसँगै फैलिएको छ । फोर्ब्सको अनुमानअनुसार यसको मूल्य ४.९ बिलियन डलर रहेको छ ।

चार्ल्स प्रथमले ग्लस्टरशायरमा सन् १९८० मा ८ लाख ६५ हजार पाउण्डमा खरिद गरेको हाईग्रोव हाउस रहेको छ जसको मूल्य अहिले २९ मिलियन डलर रहेको अनुमान फोर्ब्सले गरेको छ ।

२०१७ मा एक मूल्यांकन कम्पनी ब्राण्ड फाइनेन्सद्वारा करिब ८८ अर्ब अमरेकी डलर बेलायती राजशाहीको सम्पत्ति रहेको विवरण सार्वजनि गरेको थियो ।

नयाँ बेलायती राजाले सात दरबार, १० महल, १२ घर, ५६ वटा कुटीर र १४ वटा पुरातन भग्नावशेषहरूमाथि प्रभुत्व जमाएका छन् जहाँ उसले आफ्नो मुकुट झुण्ड्याउन सक्छ।

द सन्डे टाइम्स रिच लिस्टले २०१५ मा महारानीको सम्पत्ति ३४ करोड पाउण्ड रहेको जनाएको थियो । जसमा धनको प्रमुख स्रोत डच अफ लकेस्टर थियो । यो बेलायती शासकको निजी सम्पत्ती हो जो विशुद्ध रुपमा उनीहरुको आयको एक स्रोतको रुपमा रहेको हुन्छ ।

महारानीको निधन भएसँगै चार्ल्स तृतीयलाई सम्पत्ति हस्तान्तरण भएको जनाइएको छ । उनका लागि आयका सीधा स्रोत डच अफ लकेस्टरबाट आउने छ । जो १८, २४८ हेक्टरको निजी सम्पत्ति हो । यो १३९९ बाट राज गर्ने सम्राटसँग सम्बन्धित रहेको बताइएको छ ।

सम्पत्तिको कुल मूल्य ६५३ मिलिलय पाउण्ड भएको अनुमान गरिएको छ । डच अफ कर्नवाल नीजी सम्पत्तिको प्रबन्धन हो । जसको अनुमानित मूल्यांकन १.०५ बिलियन रहेको छ । यो सम्पत्ति यसअघि चार्ल्स तृतीयसँग थियो अब यो प्रिन्स विलियमलाई हस्तान्तरण गरिने जनाइएको छ ।

चार्ल्ससँग बकिंघम प्यालेस, ह्यामटन कोर्ट प्यालेस, टावर अफ लण्डन, विन्डसर महल,सेन्ट जेम्स प्यालेस,ल्यान्कास्टर महल,केन्सिङटन प्यालेस,व्याङ्केटिङ हाउस,क्यारिसब्रुक महल लगातय दर्जन बढी महलहरु बेलायतमा रहेका छन् । त्यस्तै वेल्स, रोमानिया र स्कटल्याण्डमा पनि दर्जनको आसपासमा महलहरु रहेका छन् ।

फोर्ब्सका अनुसार चार्ल्सको स्वामित्वमा ५० भन्दा बढी दरबार र विभिन्न महलहरु रहेका छन् ।


क्लिकमान्डु