बझाङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु



बझाङ। बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो ।

दिउँसो ४ बजेतिर दुर्घटना हुँदा ८ जना घाइते भएको मष्टा गाउँपालिका- १ का वडा अध्यक्ष रामचन्द्र रोकायाले बताए ।

जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन । दुर्घटनामा घाइते भएकाहरुको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरिरहेको उनले बताए ।


क्लिकमान्डु