सन्दीप लामिछाने माथि अनुसन्धान गर्न ४ दिन म्याद थप



काठमाडौं । नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि ४ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले आज लामिछानेमाथिको थप अनुसन्धानका लागि ४ दिन म्याद थप गरेको हो ।

अघिल्लोपटक थपिएको सात दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो ।

प्रहरीले फेरि ७ दिनको समय थप माग गरेपछि अदालतले चार दिनको समय उपलव्ध गराएको हो ।

२० गते पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा पहिलो पटक अदालत उपस्थित गराइएको थियो । शुरूमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।

नाबालिगमाथि बलात्कार गरेको आरोपमा जाहेरी परेपछि उनी प्रहरी हिरासतमा रहेका छन् ।


क्लिकमान्डु