‘ओयो’ पुनः आईपीओ लिएर भारतीय सेयर बजारमा आउँदै



एजेन्सी । हस्पिटालिटी क्षेत्रको स्टार्टअप ‘ओयो’ले आफ्नो आईपीओलाई पुनर्उत्थान गर्ने योजनासहित बजारमा भारतीय फर्किएको छ ।

कम्पनीले गत वर्ष सेप्टेम्बरमा भारतीय सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड (सेभी)मा परे गरेको दस्तावेशलाई थप अघि बढाउँदै आइपीओलाई पुनर्उत्थान गर्न लागेको हो ।

कम्पनीले पेश गरेको प्रस्तावमा आर्थिक वर्ष २०२०, २०२१ र २०२२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पनि वित्तीय विवरण सार्वजनिक गरेको हो ।

ओयोको स्वामितव रहेको मुल कम्पनी ओराभेल स्टेज प्रालीको व्यावसायिक मोडल होटल, घरलगायतलाई भाडाका लागि लिस्टिङ गर्ने रहेको छ ।

कोरोना महामारीका कारण कम्पनीले आर्थिक वर्ष २०२१ को वित्तिय विवरणमा कमाइ आर्थिक वर्ष २०२० को तुलनामा घटेको देखिएको छ ।

कम्पनीमा आर्थिक वर्ष २०२१ मा २०२० मा भएकाभन्दा कम घरहरुमा बुकिङ भएका छन् । आर्थिक वर्ष २०२२ मा भने यात्रालगायतका क्रियाकलाप खुलेका कारण पुनः यो पक्षमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०२० मा भएको कम्पनीको आम्दानीमा ६९.९ प्रतिशत रकम ग्राहकसँग हुने कारोबारबाट घटेको छ । कम्पनीले आर्थिक वर्ष २०२० कम्पनीले ३९ हजार मिलियन भारु मात्रै आम्दानी गरेको थियो ।

आर्थिक वर्ष २०२२ मा भने कम्पनीको आम्दानी ४७ हजार मिलियन भारु भएको छ । आर्थिक वर्ष २०२२ मा कम्पनीले १९ हजार मिलियन भारुको फाइदा गरेको छ ।

कम्पनीले आइपिओलाई पुनत्र्थान गर्ने पेश गरेको प्रस्तावमा आफ्नो कर्मचारीको लाभका लागि हुने खर्च, मार्केटिङ र बढुवाको खर्चलगायतलाई प्रमुख खर्चको रुपमा राखेको छ ।

कोभिड महामारीका कारण गत वर्ष भारतीय सेयर बजारमा विभिन्न कम्पनीहरु घाटामा गएका थिए । तर, कोरोना महामारी थामिएसँगै अर्थतन्त्र र यात्रा उद्योग पुनर्जिवित भएको छ ।

यस्तोमा पुनः ओयोले आफ्नो आइपिओ बजारमा ल्याउन लागेको हो । कम्पनीले पेश गरेको प्रस्तावमा ७ हजार करोड भारुसम्मको सेयर खुलाउने बताएको छ । २०१२ मा रितेश अग्रवालले सुरुवात गरेको यो कम्पनीले सेयर बजारमा २०२३ बाट पुनः प्रवेश गर्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु