कमलादीमा खन्दा भेटियो टुकुचा खोला



काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोजी कार्य जारी गरेको छ । यसैक्रममा शनिबार महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक नजिक खोतल्दा टुकुचा खोला फेला परेको छ ।

महानगरले टुकुचा खोला खोज्नक्रममा आज दिउँसो उक्त क्षत्रमा डोजर लगाएको थियो ।

खोतल्ने क्रममा १०-१२ फिट तल टुकुचा खोला फेला परेको महानगरले जानाएको छ ।

बिहीबार महानगरले जय नेपाल हलको अगाडि खनेको थियो । त्यसक्रममा चुकुचा खोला परिएको अवस्थामा फेला परेको थियो ।

महानगरले पछिल्लो समय टुकुचा खोलाको बहाब क्षेत्र पत्ता लागाउन खन्ने काम थालेको छ ।


क्लिकमान्डु