श्री स्टिलले सुरु गर्यो भारतमा स्टिल निर्यात, ८% अनुदान दिने कार्यविधि आएपछि निर्यात बढ्ने



काठमाडौं । श्री स्टिलले भारतमा स्टिल निर्यात गरेको छ । बुधबार श्री स्टिलको उद्योगबाट भारतको नौतनहवा तर्फ २५ मेट्रिक टन स्टिल भारततर्फ निकासी भएको हो ।

श्री स्टिलका सञ्चालक राजेश अग्रवालले सरकारले निर्यात अनुदानको घोषणा गरेपछि भारतमा निर्यात सुरु गरिएको जानकारी दिए ।

‘सरकारले निर्यात अनुदान दिने कार्यविधि पारित गरेर कार्यान्वयनमा आएमा निर्यात अझै बढ्छ,यो सुरुवात मात्र हो,’अग्रवालले भने ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट,स्टिल,पानी तथा जुत्ता निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको थियो । जसको कार्यविधि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाइरहेको छ । श्री स्टिलले भारतमा निर्यात गर्नको लागि ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र लिन एक वर्ष अगाडि प्रक्रिया अगाडि बढाएको थियो ।

यसअघि पाल्पा सिमेन्टले भारततर्फ सिमेन्ट निकासी सुरु गरिसकेको छ । श्री स्टिलमा नेपालका तीनवटा व्यवसायिक घराना मुरारका समूह, सिद्धार्थ ग्रुप तथा केडिया ग्रुपसहित भारतको उमाशंकर ग्रुपको लगानी छ ।


क्लिकमान्डु