‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमको प्रायोजन



काठमाडौं । नेपाल टेलिभिजनमा प्रशारण भईरहेको रियालिटी सो ‘कमेडी क्लब वीथ च्याम्पियन’ मा डिशहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमले ६ महिनासम्मका लागी प्रायोजन गरेको छ ।

कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ भने बिहीबार पुनः प्रसारण हुने गर्दछ ।


क्लिकमान्डु