५२ करोड आम्दानी गरेको किस्ट मेडिकल कलेजले गरायो साढे १ अर्बको रेटिङ



काठमाडौं । किस्ट मेडिकल कलेजले सन् २०२१ मा ५२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । एमबीबीएस, बीडीएस, पीजीसहित फार्मेसी सम्बन्धी बी फर्मा र बीएससी-एमएलटी जस्ता कक्षाको अध्ययन तथा अध्यापन गर्दै आएको कलेजले सन् २०२१ मा ५२ करोड रुपैयाँ आम्दानी गरेको हो ।

कलेजले सन् २०२० मा ५२ करोड २४ लाख रुपैयाँ, सन् २०१९ मा ५० करोड ६० लाख रुपैयाँ र सन् २०१८ मा ४१ करोड ६० लाख रुपौयाँ आम्दानी गरेको थियो ।

सन् २००६ मा स्थापना भएको मेडिकल अस्पतालमा ५५० शैय्या क्षमताको छ । कलेजका अनुसार पछिल्लो समय मेडिकल क्षेत्रको शिक्षामा उच्च माग र आपूर्ति रहेकाले एमबीबीएस र पीजी कोर्सका लागि जहिले पनि पूर्ण हुने गरेको छ ।

यद्यपि, किस्ट कलेजले पनि विस्तारै सुधार गरी आम्दानीबाट राम्रो नाफा कमाएको जनाएको छ । केही समयअघि कम्पनीको नेतृत्व फेरिएसँगै कम्पनीले कजेलसँगै अस्पतालको आम्दानीलाई उच्च प्राथमिकतामा राखेको छ । जसमा कम्पनीले अस्पतालको विभिन्न सुविधाका साथ निरन्तर ३ वर्षदेखि २० प्रतिशतले कम्पाउन्ड वृद्धिदर रहेको जनाएको छ ।

अस्पतालको वार्षिक २० प्रतिशत कम्पाउन्ड वृद्धि हुँदा कलेज क्षेत्रको पनि वार्षिक ८ प्रतिशतले वृद्धि भएको कम्पनीको भनाइ छ ।

कम्पनीले अस्पताल क्षेत्रमा सुधार गर्दै लगेको अवस्थामा २०२२ को अर्धवार्षिकमा सन् २०१८ को तुलनामा ६४ प्रतिशतले अकुपेन्सीमा सुधार आउने अपेक्षा गरेको छ । सन् २०१८ मा कम्पनीको अकुपेन्सी ५६ प्रतिशत थियो । साथै, सन् २०१८ मा १८ प्रतितशले नाफा कमाएको कम्पनीले सन् २०२१ मा २८ प्रतिशतले नाफा कमाएको उल्लेख छ ।

कलेजले सन् २०२०/२१ को आर्थिक वर्षमा ९० देखि १ सय जना एमबीबीएस विद्यार्थीको लागि सिट थप गरेकाले पनि उच्च नाफा कमाएको जनाएको छ ।

आशिस थापा अध्यक्ष रहेको किस्ट हस्पिटलमा ५५० शैय्याको क्षमता रहेको छ ।

त्यसैगरी, इक्रा नेपालले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ दिएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ११ करोड २७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३८ करोड ७३ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु