शौर्य सिमेन्टद्वारा वृक्षारोपण



काठमाडौं । शौर्य सिमेन्टद्वारा आफ्नो उद्योग परिसर भित्र वृक्षारोपण कार्यक्रम सफलतापूर्वक समापन गरेको छ।

शौर्य सिमेन्टका विक्रेताहरू, उद्योग परिसरका कर्मचारीहरूलाई सहभागी गरी शौर्य सिमेन्टले जेष्ठ १३ गतेका दिन वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

विभिन्न प्रजातीका फलफूल जस्तै(आँप, लिची, अम्बा , कागती, नरिवल जस्ता वृक्ष रोपिएको थियो। उक्त वृक्षारोपणमा प्रत्येक विक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अङ्कित गरी नेमप्लेटलाइ बिरुवा सँगै राखिएको छ। उक्त रोपिएको विरुवालाई हुर्काउन मलजल गर्न मालीको जनशक्ति परिचालन गरिएको छ।

शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महत भने ‘कसलाई आफ्नो घर र घरको परिसर हरियाली नहोस् भन्ने लाग्छ र रु हामीले हाम्रो वातावरणलाई स्वछ पार्न र हाम्रो समाज प्रतिको दायित्व निभाउन यो कार्यक्रम गरेका हौ र आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम गर्ने छौ।’

शौर्य सिमेन्टका विक्रेता आरोग्य सप्लायर्सका राजन ढुङ्गेल भने ‘शौर्य सिमेन्टले साह्रै असल कार्यक्रम आयोजना गरेको छ। आफ्नो मिर्चैया स्थित उद्योग परिसरबाट सुरु गरेको यो वृक्ष रोपण कार्यक्रमलाई निरन्तरता दिदै र बिरुवा हुर्काउने सुनिश्चितता सुनेपछि हामी साह्रै हर्षित छौ र शौर्य सिमेन्ट सँगको आत्मीयता अझै प्रगाढ भएको छ।’

शौर्य सिमेन्टले बढ्दो प्रदूषणलाई मध्यनजर राखेर, आफ्नो क्षेत्रलाई प्रदूषण रहित र हरियाली युक्त बनाउन अग्रसर रहेको जनाएको छ ।


क्लिकमान्डु