किसानलाई कृषि कर्जा दिन ५ खर्बको लघुवित्त कोष बनाउने, पेन्सन दिन १ अर्बको फण्ड



काठमाडौं । सरकारले किसानलाई कृषि कर्जा दिनको लागि ५ खर्बको लघुवित्त कोष बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ८० को बजेट सार्वजनिक गर्दै किसानलाई स्रोत अभाव हुन नदिनको लागि ५ खर्बको कोष बनाउने घोषणा गरेका छन् ।

किसानलाई परिचयपत्रको आधारमा राहत दिने घोषणा बजेटमा उल्लेख छ ।

यसबाहेक अर्थमन्त्री शर्माले किसानलाई पेन्सन दिने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । यसको लागि सरकारले १ अर्ब पुँजीको रुपमा उपलब्ध गराउनेछ ।


क्लिकमान्डु